काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रामेछापले ४० बोरा मल नियन्त्रणमा लिएको छ । शुक्रवार बिना भ्याट बिल दोलखा तर्फ लैजाँदै गर्दा मल नियन्त्रणमा लिएको रामेछाप प्रहरीले जनाएको छ ।
शुक्रवार मन्थली नगरपालिका वडा नं १ भैसेश्वर चोकमा चेकजाँच गर्दा बर्दिबासबाट दोलखातर्फ जाँदै गरेको बा १० च २१४ नम्बरको टाटा गाडीमा बिना भ्याट बिलको ४० बोरा युरिया मल भेटिएपछि मल प्रहरीले नियन्त्रणमा लिएको हो ।

