काठमाडौँ । सरकारले प्राङ्गारिक मलमा पनि अनुदान दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्राङ्गारिक मलमा पनि अनुदान दिने जानकारी दिनुभएको हो ।
उहाँले गुणस्तरीय प्राङ्गारिक मलमा रासायनीक मलककै अनुपातमा अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख गर्नुभएको छ । यस्तै रासायनिक मलको आपूर्ति सुनिश्चित गर्ने पनि उहाँले बताउनुभयो ।

