काठमाडौं। सरकारले बाँझो जग्गामा सामूहिक र सहकारी खेतीमा प्रोत्साहन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९र८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बाँझो जग्गामा सामूहिक र सहकारी खेती गरिने बताउनुभएको छ।
उहाँले बाँझो जग्गा सदुपयोग गरी मूल्य श्रृंखलामा आधारित सामूहिक तथा सहकारी खेतीलाई प्रोत्साहन गरिने बताउनुभयो ।
त्यसैगरी सरकारले नीति तथा कार्यक्रमा उत्पादनका आधारमा कृषिमा अनुदान दिने पनि घोषणा गरेको छ । “उखु कृषकलाई उखु क्रसिङ भएकै वर्ष भुक्तानी दिइनेछ,” नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै राष्ट्रपति भण्डारीले भन्नुभयो, “थप २२ हजार २०० हेक्टरमा सिँचाइ पु¥याउने लक्ष्य लिइएको छ ।”
सरकारको नीति तथा कार्यक्रममा तटबन्धमार्फत खेतीयोग्य जमिनको संरक्षण गर्ने, भूमि प्रशासनमा सुधार, जग्गाको खण्डीकरण नियन्त्रण कार्यक्रम सहितका कार्यक्रम पनि घोषणा भएका छन् ।

