नेपालमा मकै खेती उच्च पहाड, पहाड र तराई सबै ठाउँमा गरिन्छ तर मध्यपहाडको लागि प्रमुख खाद्यान्न र राष्ट्रियस्तरमा धानपछिको दोस्रा खाद्यान्नबाली हो । साधारणतया मकै छरेदेखि भाँच्ने बेलासम्म मकैबालीमा धेरै थरिका रोगहरूको आक्रमण हुन्छ । मकै लगाउने समय अनुसार यिनीहरूका क्षति कम वा बेंसी हुन्छ । प्रायः प्रतिकूल (कम तापक्रम) मौसमले गर्दा हिउँदमा लगाइएका मकैमा रोगहरूको प्रकोप कम देखिएको छ साथै पहाडी खण्डभन्दा तराई र भित्री मधेशमा छरेको मकैबालीमा कीराहरूको आक्रमण र क्षति बढी पाइएको छ । नेपालमा विभिन्न रोगहरू बढी सक्रिय र त्यसै अनुरुप क्षति पु¥याउछन् । आर्थिक दृष्टिकोणले महत्वपुर्ण रोगहरूको पहिचान, क्षति तथा व्यवस्थापन प्रविधि बारे संक्षिप्त जानकारी तल गरिएको छ ।
पातमा लाग्ने डडुवा (Leaf blight)
लक्षण
– पातमा ठूला लाम्चिला आँखा आकारका खैरा दागहरू देखा पर्दछन् । पछि ती थोप्लाहरू एक आपसमा जोडिई पात सुकाई दिन्छन्।
रोकथामका उपाय
– स्वास्थ्य बीउको प्रयोग गर्ने
– रोग अबरोधक जातहरू : मनकामना-३, गणेश-१, गणेश-२ लगाउने ।
– कार्बन्डाजिम ५० ४ डब्लु पी भिष्टिन इसीनासक विषादी २ ग्राम प्रति किलो बीउका दरले बीउ उपचार गरी बीउ रोप्ने।
घोगा कुहिने (Ear rot)
लक्षण
घोगाको टुप्पोबाट रातो वा गुलाफी रस भई कुहिन थाल्दछ । कुनै बेला घोगाको फेदबाट पनि कहिने गर्दछ।
रोकथामका उपाय
– रोग अवरोधक जातहरू : गणेश-२, मनकामना-१, लगाउने ।
– स्वस्थ्य घोगाहरू छनोट गरी बीउ राख्ने ।
– काबैन्डाजिम ५० डब्लूपी बेभिष्टिन) ढुसीनासक विषादी २ ग्राम प्रति किलो बीउका दरले बीउ उपचार गरी बीउ रोप्ने।
कालो पोके (Head smut)
लक्षण
धान चमरा कालो भई लट्टा परेको जस्तो देखिन्छ । घोगामा दानाको सट्टा कालो बीजाणुको धूलोले भरिएको हुन्छ ।
रोकथामका उपाय
– स्वस्थ बीउको प्रयोग गर्ने।
– बारीमा कालोपोके रोग देख्ने बित्तिकै जम्मा गरी नष्ट गर्ने ।
– धेरै रोग आउने क्षेत्रमा कावैन्डाजिम ५० डब्लू पी वेभिष्टिन। २ ग्राम प्रति के जी बीउको दरले उपचार गरी रोप्ने ।
डाठ कुँहिने (Stalk rot)
लक्षण
जमिन भन्दा माथि डॉठको दोश्रो आँस्ना नजिकैको भित्री भागको गुदीको रङ बदलिन्छ र डाँठ कुहिन गई बोट ढल्दछ ।
रोकथामका उपाय
– रोगको जीवाणु गभारोबाट सने हुँदा उक्त गभारों नियन्त्रण गर्न कार्वोफ्युरान (फ्यूराहन २४० विषादी प्रयोग गर्ने ।
-सिफारिस मात्रामा मल प्रयोग गर्ने ।
डाउनी मिल्ड्यु ((Downy mildew)
लक्षण
पातहरू पहेलिएर सानो हुने र पातमा धसांहरू देखिन्न ।
रोकथामका उपाय
– स्वास्थ्य बीउको प्रयोग गर्ने
– रोग अवरोधक जातहरू रामपुर २, रामपुर कम्पोजिट लगाउने ।
– मेन्कोजेंव ७५१. डब्लु पि डाइथेन एम-४५ विषादी ३ ग्राम प्रति लिटर वा मेटालेक्सील ८ प्रतिशत मेन्कोजेब ६४ प्रतिशत किनोवृसील गोल्ड, रिडोमिल एमजेड, टयागमील) २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने ।
ध्वासे थेग्ले रोग (Gray | Leaf spot)
लक्षण
धान चमरा निस्किने बेलामा फेद नजिकका पातमा शुरुमा स-साना पहेला वा खैरा दाग बनाउँछ र दुइ तीन हप्ताभित्र नसासँग समान अन्तरमा लाम्चिला धसाहरुमा परिवर्तन हुन्छ । थेग्लाहरू जोडिदै गई पुरै पात ध्वस्त हन्छ। पातबाट डॉठ, घोगाको खोस्टा पनि लाग्छ । घोगाहरु साना, हलुका हुन्छ।
रोकथामका उपाय
– गणेश १, मनकामना ३, मनकामना १, हिलपुल पहेलो र देउती जातका रोग सहन सक्ने जात लगाउने ।
– मकै छिटो रोजे र पातलो रोप्ने । घुम्ती बाली अपनाउने ।
– रोगी बोटका अवशेष जलाउने, रोगको लक्षण देखिनासाथ पात हटाउने ।
– सन्तुलित मलखाद प्रयोग गर्ने ।
– ढुसीनासक विषादी बेभिष्टीन वा वेनोफेट १ ग्राम अथवा डाइमेन एम ४५ वा साफ २ ग्राम प्रति लिटर पानीको दरले छर्ने ।

