काठमाडौँ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षमा पूर्णचन्द्र सापकोटा निर्वाचित भएका छन् । भैरहवामा शनिबार सम्पन्न ‘नेपाल पशुपन्छी औषधि व्यवसायी सङ्घ, केन्द्रीय कार्यसमितिको १३ औँ राष्ट्रिय महाधिवेशन तथा ३१औँ वार्षिक साधारण सभा’ बाट अध्यक्षमा सापकोटा निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा (आयात) धन कुमारी पाण्डे, उपाध्यक्षमा (थोक) रिते रिमाल, उपाध्यक्षमा (खुद्रा) लक्ष्मण घिमिरे , महासचिवमा नारायण भुजेल, सचिवमा दिनेश कट्टेल , कोषाध्यक्ष सुना सुवेदी लगायत सदस्यहरू क्रमशः स् हुमाकान्त काफ्ले, राजेन्द्र थापा मगर, अशोक शर्मा, कृष्णप्रसाद लम्साल निर्वाचित भएका छन् ।

