काठमाडौँ । भक्तपुरमा फागुन ३० गते ‘कौसी खेती’ मेला हुने भएको छ । एक दिने कौसी खेती मेला मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ को दुईपोखरीमा हुने नगरपालिकाले जनाएको छ ।
वातावरण तथा जनस्वास्थ्य संस्था नेपाल र मध्यपुर थिमि नगरपालिकाको संयुक्त आयोजनामा हुने मेलामा घरको छत÷कौसी लगाइएको तरकारी बाली र कृषिसँग सम्बन्धित सामग्री प्रदर्शनीमा राखिनेछ । यस्तै छत÷कौसीमा लगाएको बालीलाई प्रदर्शनीमा राख्न चाहनेहरूले स्टल बुकिङ गर्नुपर्नेछ । बुकिङको लगि २५ गतेसम्मको समय तोकिएको छ ।

