काठमाडौँ । रासायनिक मल खरिद सम्बन्धी सम्झौतापत्रमा नेपाल–भारतबीच हस्ताक्षर हुने भएको छ । लामो प्रयासपछि भर्चुअल माध्यमबाट सम्झौतापत्रमा हस्ताक्षर हुने कृषि तथा पशुपक्षि विकास मन्त्रालयले जनाएको छ ।
नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्द शर्मा र भारत सरकारको कृषि सचिव राजेशकुमार चतुर्वेदीले हस्ताक्षर गर्ने मन्त्रालयले जनाएको छ ।
यो सम्झौता पाँच वर्षका लागि हुने छ । सम्झौताअनुसार पहिलो वर्ष एकलाख पचास हजार मेट्रिकटन मल खरिद हुन्छ भने त्यसपछि प्रत्येक वर्ष त्यसमा १० प्रतिशतले वृद्धि गर्दै जाने मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

