जुम्ला । तातोपानी गाउँपालिकाले ब्युटाक्लोर भन्ने झारनाषक विषादी प्रयोगमा प्रतिबन्द लागाएको बताएको छ । तातोपानी गाउँपालिले ब्युटाक्लोर प्रयोगले महिलाको स्वाथ्यमा असरपार्ने भन्दै यसको प्रयोग प्रतिबन्ध गनएका लागी कार्यबिधि बनाएको गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए। उनले भने, ‘यसले पार्ने दीर्घकालीन असरको बारेमा प्रशिक्षण दिँदै, कोही कसैले प्रयोग गरेको भेटिएको खण्डमा १ हजार जरीवाना तोकिएको छ। रैथाने बालीको संरक्षण गर्न र विषादी रहित उत्पादन बढाउन हामी एकीकृत तरिकाले लागेका छौं। अब जैविक मल र जैविक विषादी तयार पार्न पालिका लागि फरेको छ ।
कर्णाली प्रदेश सरकारले प्रत्येक वर्षको फागुन ६ गतेलाई प्राङ्गारिक कृषि प्रवर्धन तथा रैथाने बाली संरक्षण दिवस मनाउँदै आएको छ । जस अन्तरगत शुक्रबार सर्वोदय नेपालको समन्वय र किषि बकिास कर्यालयको आयोजनामा जुम्लामा कृषिको आधार तयार गर्दै रैथानी बालीको संरक्षण गरौ भन्ने मुल नाराका साथ यो दिवस मनाइएको छ । जुम्ला जिल्लालाई २०६४ सालबाट प्राङ्गारिक जिल्ला भनेर घोषणा गरिएकाले सबै लागेर उत्पादन बढाउ आबश्यक रहेको सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले बताए । उनले भने,“युवाहरुलाई कृषिमा यो तरिकाले आकर्षण गर्न सकेको खण्डमा जुम्ला आत्मा निर्भर हुने बताए ।

