काठमाण्डौ । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडी बढाउन कसैको दबाब र प्रभावमा नपरी काम गर्न सहकारी विभागलाई निर्देशन दिनुभएको छ ।
सहकारी विभागको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि अनुगमनलाई प्रभावकारी बनाउँदै जिम्मेवार भएर काम गर्न निर्देशनदिनुभएको हो।
धेरै सहकारीहरुले सिद्धान्त, मूल्य र मान्यताअनुसार काम नगरेको र सदस्यहरु मारमा परेको गुनासो बढ्दै गइरहेको बताउदै उहाँले समयमै समस्या पहिचान भए त्यसको समाधानका लागि मन्त्रालय तयार रहेको बताउनुभएको छ ।

