काठमाडौँ, ६ फागुन । सरकारले काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–३ र चितवन जिल्लाको राप्ति नगरपालिका ६ लाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बर्ड फ्लु नियन्त्रण गर्न काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–३ स्थित गोविन्द मगरले पन्छी पालेको स्थान र चितवन जिल्लाको राप्ति नगरपालिका ६ स्थित अनि पशुपन्छी कृषी फार्मलाई केन्द्रविन्दु मानी बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उक्त स्थानको वरिपरिको १०० मिटर सम्मको क्षेत्रमाता पन्छी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनको अवधि सम्मका लागि बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरिएको हो । केहि दिन अघि काठमाडौँको गोकर्णेश्वर नगरपालिका र चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू देखिएको थियो ।

