काठमाडौँ । लुम्बिनी प्रदेश कृषि खाद्य प्रविधी तथा भूमि मन्त्रालय व्यवस्था मन्त्रालयले करारमा कृषि कर्मचारीको माग गरेको छ । आज मन्त्रालयले एक सूचना जारी गर्दै ४३६ जना कृषि कर्मचारी माग गरेको हो ।
मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को स्वीकृत कार्यक्रम अनुसार करार सेवामा आवश्यक कर्मचारी माग गरिएको मन्त्रालयले जनाएको छ । इच्छुक आवेदकलाई १५ दिन भित्र आवेदन दिन भनिएको छ । आवेदन जिल्लाको कृषि ज्ञान केन्द्र वा एकीकृत कृषि तथा पशुपक्षी विकास मन्त्रालय वा कृषि विकास निर्देशनालय रुपन्देहीमा तोकिएको ढाँचामा शैक्षिक योग्यताको प्रमाणपत्र,नागरिकताको प्रमाणपत्र र परीक्षा दस्तुर बुझाएको भौचर वा रसिद सहित बुझाउनु पर्ने छ ।
https://molmac.lumbini.gov.np/media/notices/5X41_%E0%A4%B5%E0%A4%9C%E0%A4%9E%E0%A4%AA%E0%A4%A8_1_FINAL-.pdf

