काठमाडौँ । राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रले युवा उद्यमी कृषकहरूलाई कृषि यान्त्रीकरण तालीम दिने भएको छ । जसका लागि केन्द्रले कृषकहरूलाई कृषि यान्त्रीकरण तालीमको लागि निवेदन पेस गर्न भनेको छ ।
कृषि यान्त्रीकरण सम्बन्धी १० दिने आवासीय तालिम संचालन हुन लागेकोले इच्छुक किसानले १५ दिनभित्र निवेदन पेस गरिसक्नु पर्ने केन्द्रले जनाएको छ ।
निवेदनमा किसानको नाम, ठेगाना, उमेर, लिङ्ग, शैक्षिक योग्यता, कृषि फर्म दर्ता गरेको भए फर्मको नाम र दर्ता नम्बर आदि संलग्न गरी सम्बन्धित स्थानीय निकायको प्रमुख वा वडा अध्यक्षबाट सिफारिस गराउनुपर्नेछ । निवेदन फाराम नार्कको वेबसाइटबाट पनि डाउनलोड गर्न सकिने छ।

