भक्तपुर । बागमतीस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले भक्तपुरका विभिन्न कृषि फर्मको अवलोकन गर्नुभएको छ। मन्त्री लामा लगायत कृषि ज्ञान केन्द्र, लगनखेलका प्रमुख कृष्णभद्र अधिकारी र पशु सेवा विज्ञ केन्द्र लगनखेलका प्रमुख गौरीमान श्रेष्ठ लगायत छिमेकी जिल्लाका ज्ञान केन्द्रका प्रमुखसहितको टोलीले भक्तपुरका कृषि फार्मको अवलोकन गरेका हुन् ।
ललितपुरस्थित कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रले वितरण गरेको अनुदान लिने किसानहरुको कृषि फार्म भ्रमण गर्ने कार्यक्रम रहेको मन्त्री लामाले बताउनुभएको छ ।

