रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीलाई आधुनिक औजार तथा उपकरण वितरण गरेको छ । नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी ८ जना आरन व्यवसायीलाई ड्रिल मेसिन, पंखा, बेल्डिङ मेसिन, गेलेन्डरलगायतका औजार वितरण गरेको नगरपालिकाले जनाएको छ ।
कृषि क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने आरन व्यवसायलाई समयसापेक्ष बनाउँदै व्यवसायीको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले विभिन्न औजार तथा उपकरण वितरण गरेको नगरपालिका सूचना अधिकारी प्रदिप खनालले बताउनुभयो । उ.हाँका अनुसार आरन व्यवसाय लोप हुँदै गर्दा त्यसको आधुनिकीकरणको लागि विभिन्न औजार तथा उपकरणहरु निःशुल्क उपलब्ध गराएको हो ।

