काठमाडौँ । टोकला मसला चियाको नयाँ प्याकमा आएको छ । नेपाल चिया विकास निगम लिमिटेडले उक्त नयाँ आवरणसहितको चियाको बिक्री वितरण बजारमा सुरु गरेको छ ।
कम्पनीका अनुसार, उक्त मसला चियामा दालचिनी, सुकुमेल, अदुवा, मरिच र ल्वाङ जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यबर्धक मसलाहरुको समिश्रण रहेको छ ।
आफ्नै बगानबाट उत्पादित चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको कम्पनीको दावी छ ।

