काठमाडौँ । हेफर इन्टरनेशनल नेपालले विभिन्न जिल्लाका २८ वटा सहकारी संस्थालाई कृषि ढुवानी साधन (कृषि एम्बुलेन्स) वितरण गरिएको छ । बुटवलमा मंगलबार एक कार्यक्रमको आयोजान गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न जिल्लाका सहकारी संस्थालाई कृषि ढुवानी साधन वितरण गर्नुभएको हो र
सहकारीलाई कृषि एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले कृषिको उत्पादन बृद्धिसँगै बजारीकण लागि काम गरिरहको बताउनुभएको छ ।
कृषि उत्पादनको ढुवानी तथा बजारीकरणमा सहजताका लागि लुम्बिनी प्रदेशका १२ वटा सहकारी तथा अन्य प्रदेशका सहकारी गरी २८ वटा संस्थाहरुलाई कृषि ढुवानी साधन वितरण गरेको हो ।
हेफर नेपालका सुचना अधिकारी रविन राज निरौलाका अनुसार बजारीकरणको क्रममा नियमित ढुवानी सेवाको उपलब्धता प्रमुख समस्या भएका कारण सहकारी तथा हेफर ईन्टरनेशनलको आर्थिक साझेदारीमा ढुवानी साधनहरू वितरण गरिएको हो ।
यसरी ढुवानीका साधन पाउने सहकारीहरू प्रदेश १ बाट १ वटा (मोरङ), प्रदेश २ बाट ५ वटा (रौतहट – ३, सर्लाही – १, महोत्तरी – १ ), बागमती प्रदेशबाट ६ वटा (चितवन-३, धादिङ- १, सिन्धुली- २), गण्डकी प्रदेशबाट ४ वटा ( नवलपरासी – १, तनहुँ – २, पर्वत – १), लुम्बिनी प्रदेशबाट १२ वटा (दाङ – २, पाल्पा – ३, अर्घाखाँची – २, बाँके- २, गुल्मी – १, बर्दिया-२) छन् ।
सहकारीमा आबद्ध २०,७५१ किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा हेफरले लिएको छ ।

