चितवन । नेपाल पोल्ट्री महासंघको एक प्रतिनिधि मण्डलले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष गुणचन्द्र विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज प्रचण्डलाई भेटेर पोल्ट्री उद्योगको दीर्घकालिन विकासको लागि पहल गरिदिन प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।
अध्यक्ष प्रचण्डलाई महासङ्घका अध्यक्ष गुण चन्द्र विष्ट लगायतका टोलीले शनिबार पोल्ट्री क्षेत्रको विषयलाई लिएर ११ बुद्धे माग राखेका हुन् । उनीहरूले कोरोनाको समय अघि जसरी नै पोल्ट्री क्षेत्र चलायमान बनाउनु पर्ने, रानी खेत, बर्ड फ्लूजस्ता रोगले कुखुरा मर्दा किसानहरू मर्कामा परेको भन्दै ध्यानाकर्षण गराएको महासङ्घका अध्यक्ष विष्टले बताए ।
ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले आफ्नो तर्फबाट आफूले गर्न सक्ने सहयोग गर्ने आश्वासन दिएका छन् ।

