चितवन । चितवनमा किम्बु बिरुवाको माग पछिल्लो समय बढ्दै गएको छ । परम्परागत रूपमा रेशम किरापालनमा प्रयोग हुँदै आएको किम्बु अहिले सजावटी, पशुखाद्य र फलफूलका रूपमा पनि उपयोग हुन थालेपछि यसको लोकप्रियता बढेको हो ।
चितवनको भण्डारास्थित व्यावसायिक किट विकास फार्मले चालु आर्थिक वर्षमा करिब १ लाख ८० हजार बिरुवा उत्पादन गरी विभिन्न जिल्लामा वितरण गरिरहेको छ । बिरुवा प्रतिविरुवा पाँच रुपैयाँमा उपलब्ध छ ।
होटल–रेस्टुराँमा सजावट र छहारीका लागि, किसानहरूले घाँसका रूपमा तथा उद्योगहरूले फलबाट जाम, जुस र वाइन बनाउन प्रयोग गर्न थालेपछि किम्बुको माग बढेको फार्मले जनाएको छ ।

