काठमाण्डाै / सरकारले सञ्चालन गरिरहेको किसान सूचीकरणमा अहिलेसम्म २० लाख ७० हजार किसान सूचीकृत भएका छन् ।
सरकारले २०७७ साल फागुनदेखि सञ्चालन गरेको किसान सूचीकरण अभियानमा अहिलेसम्म २० लाख ७० हजार किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय कृषि सूचना तथा प्रशिक्षण केन्द्रको पछिल्लो तथ्याङ्क छ । तर यी सूचीकृत किसानमध्ये पनि पूर्णरूपमा प्रमाणित किसानको सङ्ख्या भने झन्डै सात लाख रहेको मन्त्रालयका सहसचिव एवम् कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख डा. रामनन्दन तिवारीले जानकारी दिनुभयो ।
राष्ट्रिय कृषि गणना २०७८ का अनुसार देशभर ४१ लाख ३० हजार किसान घरधुरी छन् । कृषि गणनालाई आधार मान्दा अझै पनि आधा सङ्ख्यामा किसान सूचीकरण हुन बाँकी नै छ ।

