चितवन । चितवनको कालिका नगरपालिका पदमपुरमा रहेको श्री यती वहुउद्देश्यीय सहकारी संस्थाले रक्तदान कार्यक्रम गर्ने भएको छ । संस्थाको २३औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक मेनुका थापाले सूचना मार्फत जानकारी गारउनुभएको छ । चैत ७ गते संस्थाको कार्यालय परिसरमा हुने रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरिदिनका लागि सूचना मार्फत सार्वजानिक अपिल गरिएको छ ।

