तनहुँ / तनहुँको देवघाट गाउँपालिका–३ का लटरम्म फलेका सुन्तला बगैँचामा रोग लाग्न थालेपछि किसान चिन्तित भएका छन् । यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो । जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेँलो भएर झर्ने रोग सुन्तलामा लागेको किसान भीमबहादुर थापाले बताउनुभयो ।
रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले सघाउनुपर्ने उहाँको माग छ । तनहुँको लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरामा उत्पादित सुन्तला त्यहाँ मात्र नभई काठमाण्डौ उपत्यकामा पनि खपत हुने गरेको छ । रासस

