काठमाण्डौ / नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले अहिलेसम्म विभिन्न ८४ बालीका आठ सय ९३ जात सिफारिस गरेको जनाएको छ । २०१७ सालमा उन्मोचित गहुँको जात लेर्मा–५२ नेपालमा जातीय विकासको इतिहासमा पहिलो रहेको छ । २०४८ साल वैशाख २५ गते विधिवत्रुपमा नार्क स्थापना भएयता विभिन्न बालीका आठ सय ९३ जात सिफारिस गरिएको र तीमध्ये एक ६५ जात दर्ता सूचीबाट हटाएको नार्कले जनाएको छ ।
अहिले सिफारिस बालीका जात ७ सय २८ वटा रहेका छन् । नार्ककाअनुसार सिफारिस गरिएका जातमध्ये प्रयोगदर सबैभन्दा धेरै गहुँमा ९४, त्यसपछि मकैमा ७३, मुसुरोमा ६०, आलुका जातमा ४६ र धानमा ३५ प्रतिशत रहेको छ । नार्कले गएको आर्थिक वर्ष २०७९/०८० मा प्रशोधन उद्योग (चिप्स, फ्रेन्च फ्राइ) का लागि नयाँ आलुको जात विकास गरेको छ । खुमल सेतो–३ र खुमल रातो–४ जातको आलु विकास गरेको हो ।
त्यस्तै, अगौटे सुन्तलातर्फ ‘ओकित्सुवासे’, वदामतर्फ ‘नवलपुर बदाम–१, रायो सागतर्फ ‘हिमचौडा पात’ भण्टातर्फ ‘पोखरा लुर्की’, जौतर्फ ‘मुक्तिनाथ’, गहुँतर्फ ‘डब्लुके–३१६४ र ३१६५’ र सुर्खेत क्षेत्रमा स्थानीय घैया धानतर्फ कालनाथ्रे र दाम्री जात रहेका छन् ।

