काठमाडौं / सांसदहरुले दूध किसानको विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् ।
दुग्ध किसानहरु आन्दोलित हुँदा समेत सरकारले उनीहरुको मागका सम्बन्धमा गम्भीरता नदेखाएको भन्दै उनीहरुले सरकारको जवाफ खोजेका हुन् ।
एमालेका सांसद सूर्य थापा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले पनि दूध किसानको भुक्तानीको विषयमा सरकारको धयानाकर्षण गरेका छन् ।

