चितवन(पदमपुर) / चितवनको कालिका नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लि पदमपुरले ५० प्रतिशत अनुदानमा स्पेयर पम्प वितरण गरेको छ । कृषक शेयर सदस्यहरुलाई कृषि व्यवसाय प्रबद्र्धन कार्यक्रम अन्तर्गत अनुदानमा स्पेयर पम्प वितरण गरिएको हो ।

कृषकहरुको समयको बचतका लागि प्रविधिको प्रयोगलाई प्रथामाकिता राख्दै मानविय जीवन स्वस्थ्य राख्न सहयोग पुग्ने उद्देश्यका साथ स्पेयर वितरण गरिएको साना किसान कृषि सहकारी संस्था लि. पदमपुरकी अध्यक्ष गोमा सिंखडाले जानकारी दिनुभयो ।

कालिका नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपक भट्टराई प्रमुख अतिथि रहनु भएको कार्यक्रममा कालिका नगरपालिका वडा नं. २ की महिला सदस्य एवम् कार्यपालिका सदस्य शान्ति महतो, कालिका नगरपालिका वडा नं. ५ का सदस्य सिकेन्द्र चौधरी, सहकारीकी उपाध्यक्ष विष्णुमाया अधिकारी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भट्टराईले सहकारीले अनुदानमा वितरण गरेको समाग्रीले कृषिमा आधुनिकरणमा सहयोग पुग्ने बताउनुभयो । पालिकाले वडा मार्फत गरिरहेको कृषि क्षेत्रको विकासमा सहकारी लगायत संघ संस्थाले गर्ने यस्ता कार्यक्रमले थप सहयोग पुग्ने उहाँले बताउनुभयो । आफुले प्राप्त गरेको सामाग्रीलाई उच्चतम रुपमा प्रयोग गर्न उहाँले सुझाव दिनुभयो ।
यस सहकारीले आफ्ना शेयर सदस्यहरुलाई कृषि व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको व्यवस्थापक शिला बस्नेतले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रसंग समन्वय गरेर किसानलाई रोडाभेटर हाते ट्याक्टर स्पे पम्प वितरण गरेको जानकारी दिदैँ उहाँले कालिका नगरपालिकाबाट त्रिपाल सिचाई स्प्रे पम्प मर्चिङ प्लाष्टिक धानको विउ, मकैको विउ अनुदान दिदै आएको जानकारी दिनुभयो ।

नेपाल कृषि सहकारी केन्द्रिय संघबाट विउ पुंजी तरकारी कर्जा ३० हजारसम्म उपलव्ध गराएको जानकारी दिदैँ बस्नेतले बागमती प्रदेश सरकारले सहुलियत पुर्ण कर्जा व्यवसायीक कृषि कर्जा अन्य व्यवसायमा पनि सहकारीले सहयोग र सहजिकरण गर्दै आएको बताउनु भएको छ ।

कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा मूख्य कार्यालय रहेको यस सहकारीले जुटपानी खोलेसिमल बजरमा सेवा केन्द्र स्थापना गरि सेवा दिदै आएको छ । २०६६ सालमा स्थापना भएको यस सहकारीमा दुई हजार ४५० शेयर सदस्य रहेका छन् ।

