चितवन। चितवनको कालिका नगरपालिका क्षेत्रभित्रका ५४ सय ५० वटा गाई, भैसीमा लम्पी स्किन विरुद्धको भ्याक्सिन लगाइसकेको छ । साउन २५ गतेदेखि नगरपालिकाले अभियानकै रुपमा किसानहरुको गोठगोठमा प्राविधि सहितको टोलीलाई खटाएको छ ।
पशु शाखा प्रमुख इश्वरी प्रसाद पौडेलका अनुसार कालिकाको वडा नं १ देखि ७ नम्बर वडाका किसानले पालेको गाई, भैसीलाई भ्याक्सिन लगाउने काम सकिएको छ । वडा नं ८, ९, १० र ११ वडामा अहिले भ्याक्सिन लगाउने काम जारी छ । नगरपालिकाले लम्पी स्किन विरुद्धको भ्याक्सिनसँगै आवश्कता अनुसार जुकाको औषधी समेत निशूल्क दिइरहेको छ ।
प्राविधिक टोलीले गोठमा देखिने फोहोर लगायत गाईभैसीलाई दिने दानापानीको विषयमा पनि सम्झाउँदै हिडेका छन् । नगर प्रमुख विनोद रेग्मी सहित, उप प्रमुख विमला तमाङले किसानहरुको गोठमा पुगेर भ्याक्सिन लगाए नलगाएको विषयमा अनुगमन गरेका थिए ।

