चितवन / भारतबाट आयात हुने फूलका कारण स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन मुस्किल हुने गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।
फ्लोरिकल्चर एसोसिएसन चितवनको चौथो अधिवेशन तथा साधारण सभाका वक्ताहरुले यस्तो गुनासो गरेका हुन् । एसोसिएसनका केन्द्रीय अध्यक्ष मिनबहादुर तामाङले सरकारको कमजोर नीतिका कारण नेपालका पुष्प व्यवसायीहरु मर्कामा परेको बताउनुभयो । भारतबाट आयात हुने फूल नेपाली उत्पादकहरुका लागि चुनौती बनेको तामाङले जानकारी दिनुभयो ।
सरकारले भारतबाट आउने फूलमा भन्सार महसुल वृद्धि गरेर यहाँको फूल प्रवर्द्धन गर्नुपर्नेमा उल्टै कर लगाएर थप समस्या बढाएको उहाँले बताउनुभयो । ुराज्यको नीति कमजोर भयो, भएको नीतिको पनि कार्यान्वयन पक्ष त्यस्तै कमजोर छ । भारतबाट आउने फूलमा भन्सार महसुल वृद्धि गर्नुपर्नेमा कर लगाउँदा नेपाली फूलको मूल्य पनि बढ्योु, उहाँले भन्नुभयो ।
भारतबाट सस्तोमा फूल नेपाल भित्रिदा स्थानीय उत्पादनले बजार नपाउने उनको भनाइ छ । भारतबाट सस्तोमा फूल आयात हुने र लागत मूल्य नै बढी रहेको नेपाली फूलमा पनि कर लाग्दा भारतीय फूलसँग प्रतिस्पर्धा गर्नै समस्या हुने गरेको उनले बताए । यस बिषयमा कृषि मन्त्रालयमा छलफल चलिरहे पनि तत्काल कर हट्ने अवस्था नरहेको भन्दै उनले गुनासो पोखे । देश संघीयतामा गएपछि समग्र कृषि क्षेत्र झनै ध्वस्त भएको उनको आरोप छ ।
यस्तै प्लास्टिक जन्य फूलको आयात, भण्डारण र बिक्री बितरणमा सरकारले रोक लगाए पनि कार्यान्वयन पक्ष निकै फितलो भएको उहाँको भनाई छ । उहाँले मन्त्रीकै निर्देशनमा फेरि प्लास्टिकका फूल आयात हुने गोप्य सूचना आफूले पाएको भन्दै खबरदारी गर्नुभयो । ुसरकारले प्लास्टिक जन्य फूलको आयात, भण्डारण र बिक्री बितरणमा रोक लगाउने निर्णय त गर्यो । तर कार्यान्वयन नहुँदै तुहिने अवस्थामा छु, उहाँले भन्नुभयो ।
यस्तै भारतबाट बिना क्वेरन्टिन भित्रिने फूलले रोगको जोखिम बढेको उहाँले बताउनुभएको छ । उहाँले कन्द्र सरकारमा रहेको पुष्प बिकास केन्द्र बागमती प्रदेश सरकारमा सार्दा समस्या पनि निम्तिएको बताउनुभयो । ४८ जिल्लाका किसानले पुष्प खेती गर्ने भएकोले सरकारको यो निर्णयले अन्य प्रदेश भित्रका जिल्लाका किसानलाई समस्या हुने गरेको बताउनुभयो ।
भरतपुर महानगरपालिकाका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले फूल खेती विस्तारै व्यवसायिक हुँदै गएको बताउनुभयो । उहाँले फूल खेति र नर्सरीमा भरतपुर अग्रणी स्थानमा रहेको भन्दै फूल भण्डारणका लागि स्टोरको आवश्तकता औंल्यानुभयो ।
खैरहनी नगरपालिकाका कृषि बिकास अधिकृत गौरव न्यौपानेले नेपालमा फूलको प्रयोग बढे पनि भारतबाट आयात बढ्दा यहाँका उत्पादनले बजार नपाएको बताउनुभयो । व्यवसायीहरुले पनि आयातित फूलमा बढी जोड दिनु दुस्खद भएको उहाँको भनाइ थियो । चितवनको माग यहीको उत्पादनले धान्न सक्ने भन्दै स्थानीय उत्पादनमा जोड दिन उहाँले आग्रह गर्नुभयो ।
रत्ननगर नगरपालिकाका कृषि बिकास अधिकृत प्रविण लामाले भारतबाट आयातित फूलसँग प्रतिस्पर्धा गर्न स्थानीय उत्पादकहरु वाध्य भएको बताउनुभयो । भारतबाट सस्तोमा फूल आयात हुने र यहाँ लागत मूल्य बढी हुँदा फूलको महङ्गो हुने उहाँको भनाइ छ । ग्रीन हाउस नहुँदा यहाँ उत्पादित फूल दुई दिन पनि टिक्न नसक्ने समेत उहाँले बताउनुभयो । चितवन फूलको हब बन्न सक्ने भन्दै उहाँले अब यस्ता बिषयमा अध्ययन आवश्यक रहेको औंल्याउनुभयो ।
पुषप बिकास केन्द्रका प्रमुख सुधिर श्रेष्ठले पुष्प व्यवसायी संगठित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले केन्द्र बागमती प्रदेशका सर्दा झनै प्रभावकारी भएको दाबी गरे ।उहाँले भन्नुभयो ुपुष्प बिकास केन्द्र प्रदेशमा सर्दा समस्या होइन अझै प्रभावकारी भएको छु, ।
नेपालमा ८० प्रतिशत फूल बागमती प्रदेशमा नै उत्पादन हुने गरेको बताउनुभयो । केन्द्रले नेपालभर नै कार्यक्षेत्र बनाएर काम गर्ने हुँदा यो ठूलो समस्या नहुने उहाँको भनाइ छ ।
उहाँले पुष्पलाई बिउ बिजनको परिभाषा भित्र सूचिकृत गर्न नहुने तर्क गर्नुभयो । यसको लागि नियमावली बनिरहेको उहाँले बताउनुभयो । नियमावली बनेपछि धेरै समस्या समाधान हुने उहाँको दाबी छ । नियमावली तयार हुन अझै करिब ६ महिना लाग्ने भन्दै उहाँले त्यती बेलासम्म के गर्ने भन्ने बिषयमा छलफल चलिरहेको बताउनुभयो । नेपालमा फूलमा करिब करिब आत्मनिर्भर भएको दाबी गर्दै उनले प्रदेश सरकारले सयपत्री फूल प्रवर्द्धनका लागि एक करोड बजेट विनियोजन गरेको जनाकारी दिनुभयो ।
यसैबीच फ्लोरिकल्चर एसोसिएसन चितवनलाई दुई लाख ५६ हजार ४८० रुपैयाँ सहयोग गरिएको छ । बाईपास रोड वृक्षारोपण उपभोक्ताले सोही कार्यक्रमकाबीच उक्त सहयोग गरेको छ । उपभोक्ताकी अध्यक्ष रेखा आचार्यले फ्लोरिकल्चर एसोसिएसन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठलाई उक्त चेक हस्तान्तरण गर्नुभयो ।

