चितवन / चितवनको माडी नगरपालिकामा पर्ने रियु खोला किनार भुमाफियाको कव्जामा पुग्न लागेको सवाल माडीका यूवा नेताले उठाएका छन् ।
माडीका यूवा नेता सन्तोष पनेरुले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै खोला किनारमा भूमाफियाहरुको चलखेल बढेको कारण थप जोखिम देखिएको बताउनुभएको छ ।
खोला किनारमा आवास बनाउन खोजिनु माडीको बेईजत र बदनाम हुने र आवास बनिहाले पनि ठुलो प्राकृतिक जोमिख रहेको स्थानमा गुम्बा र पार्क बनाउने आश्वसन दिदै प्लटिगं गर्न खोजिदैछ त्यसको सचेत प्रतिरोध आवश्यक रहेको उहाँले बताउनुभएको छ ।
पनेरुको प्रतिक्रिया :
सचेत माडीबासीमा गम्भिर सार्बजनिक अपिल !!!!
तस्बिरमा देखिएगा यो सुन्दर रीउ खोलाको तीर आवासीय दृष्टिकोणले असुरक्षित र अबैज्ञानिक भएता पनि भू-माफियाहरुको चलखेलमा प्लटिगं स्थलमा बदलिदैछ !
बर्षौ देखि रोकिएको फाईल, गत फाल्गुन को ११-१४ का बिचमा पुराना ३७ साल देखिका कागजातहरुको फाईल खडा गरि अपुतालि हक हस्तान्तरण गरी कोहि अमुक ब्याक्तिको नाममा जमिन आउना साथ केहि दिनमै दलालहरुको प्लटिगं कम्पनिको स्थानिय ऐजेन्टहरुका नाममा जग्गा गएको मालपोतको रेकर्डमा देखिन्छ । त्यस बाहेक बर्षौ पहिले रिउ खोलाको तिरमा बाढीले सताएपछी बिस्थापित भएर सुर्खेत, बर्दिया, भरतपुरका अन्य स्थानमा पुगेका जग्गाधनिहरुबाट कम मुल्यमा जमिन किनि राष्ट्रिय निकुजंबाट जम्मा १०० मीटर को दुरीमा खोला संगै जोडिएको घासे भुमी प्लटिगं गरि अनलाईन बिक्रि गरि ब्यबसायिलाई बेबकुफ बनाउने र माडीलाई बदनाम गर्ने खेल हुदै गरेको सुचना प्राप्त भएको छ ।
हिजोका दिनमा राजनैतिक संरक्षणमा सयौं बिगाहा कृषि योग्य जमिन भूमाफियाका प्रालिहरुलाई खण्डीकरण गर्न दिएको बिषय सेलाउन नपाउदै बिपद्को सबै भन्दा ठुलो जोखिममा रहेको रिउ किनारमै प्लटिगं गर्न खोजिनु गम्भिर बिषय हो ।
हामी ब्यबस्थित आबासका बिरोधि होईनौ तर जसरी कालान्तरमा माडीकै बेईजत र बदनाम हुने र आवास बनिहाले पनि ठुलो प्राकृतिक जोमिख रहेको स्थानमा गुम्बा र पार्क बनाउने आश्वसन दिदै प्लटिगं गर्न खोजिदैछ त्यसको सचेत प्रतिरोध हामीले गर्ने नै छौ ।
यसको प्रारम्भिक तथ्य र प्रमाण सहित हामीले आजै स्थलगत निरिक्षण, मालपोत कार्यलायका निमित्त प्रमुख र नापी कार्यालयका प्रमुख लगायतका अधिकारीहरुसंग छलफल गरेका छौ र प्रमाणहरु ले यो शंकालाई थप बल दिएका छन् ! यो ५ महिनाको बिचमा यो प्लटिगंमा दलालका स्थानिय प्रतिनिधि र मुल जग्गाधनिका नाउंबाट प्लट मिलानका नाममा १ धुर/ २धुर/ ७ धुर/ १० धुरका करिब १५० वटा भन्दा बढी टुक्रा जमिन कित्ताकाट गरि दोस्रो मान्छे (प्राय काठमाडौका) लाई बिक्रि समेत गरिसकिएको नक्सामा देखिन्छ । यो सम्पुर्ण काममा पिके ग्रुपको प्रत्यक्ष लगानी र संलग्नता रहेका आधार र प्रमाणहरु सुरक्षित छन ।
अपुताली मार्फत जग्गा प्राप्ति, जग्गा प्राप्त गर्नासाथ प्लटिगं, कानुनी छिद्र प्रयोग गरी प्लट मिलानको नाममा खण्डिकरण, घडेरीको रुपमा बिकास गर्न अनुपयुक्त जग्गामा मिलेमतोमा कित्ताकाटको स्वीकृति, एक हप्ताको बिचमै एकै स्थानको चारपाटा मिलेको जग्गामा १०० भन्दा बढी प्लट मिलान, नापी र मालपोत कार्यालयमा अस्वभाविक दवाव र प्रभाव, हकदावी स्थापित गर्न अस्वभाविक दौडधुप र केही राजनैनिक र सामाजिक अगुवा भनिएकाहरुको छत्रछाया र नेतृत्व लगायतका संवेदनशील बिषयहरुले यो इस्यु पेचिलो बन्दैछ ।
हामी मालपोत, नापि र स्थानिय निकायको गम्भिर ध्यानाकर्षण गराउछौ कि केहि दलाल र सामाजिक अगुवा को लहैलहैमा रिउ खोलाको बगरलाई प्लटिगं स्थल बनाउने गरि कित्ता काट गरिएको छ र गरिदै छ ! यसको महगों मुल्य सम्बन्धितले चुकाउनु पर्ने छ, यसर्थ यस बिषयमा तत्काल सर्बपक्षिय छलफलको आयोजना गरियोस् ।

