काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ । मलको अभाव भएको र किसानले मल नपाएको भन्दै आफ्नो पहिलो प्रयास किसानसमक्ष मल पुर्याउनु भएको उहाँले बताउनुभएको हो ।
मल खाद किसानहरूमा पुर्याउने काम प्राथमिकतामा रहने बताउदै उहाँले सकेसम्म सक्दो प्रयास गरेर किसानलाई मल पुर्याउने बताउनुभएको छ ।

