काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ऐन नमान्नेलाई कानुन अनुसार कार्वाही गर्ने बताएको छ । खाद्य पदार्थको स्वच्छता कायम नगरी अनुचित तबरले तयारी एवं बिक्री वितरण गरेको पाइएमा सम्बन्धित खाद्य व्यवसायीलाई खाद्य ऐन–२०२३ अनुसारको कानुनी कारबाही हुने ऐनमा व्यवस्था गरिएको छ ।
उक्त ऐनको बर्खीलाप गरेमा ऐनको दफा–५ ले पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।
ऐनको दफा ५ को उपदफा ३ मा अस्वस्थ खानाबाट कसैलाई हानी नोक्सानी पुर्याएमा त्यस्तो कसुरदाताबाट सम्बन्धित पीडितलाई मनासिव क्षतिपूर्तिसमेत भराइदिनुपर्ने कानुनमा व्यवस्था छ । खाद्य पदार्थको बिक्री वितरण गर्दा अनिवार्य रुपमा पञ्जा, मास्क, टाउँको छोप्ने टोपी अनिवार्य रुपमा लगाउने पर्ने हुन्छ ।

