काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाएमा बजारको कुनै समस्या नहुने बताउनुभएको छ ।
एमालेको पार्टी कार्यालय च्यासलमा शनिवार आयोजित कार्यक्रममा उहाँले भारत र चीन जस्तो विशाल दुई देशको बीचमा रहेको नेपालले जतिसुकै कृषि उत्पादन गरे पनि बजारको समस्या नहुने बताउनुभयो । उहाँले अब हामीसँग रहेका परम्परागत, जीवनमुखी, निर्वाहमुखी कृषिले धेरै उत्पादन नदिने हुँदा नयाँ नगदे कृषि उत्पादनमा लाग्नु पर्ने सुझाव दिनुभयो ।
उहाँले परम्परागत खेती किसानबाट भन्दा औषधीय गुण भएका, फलफूलजन्य, अत्तर बनाउन मिल्ने फूल उत्पादन, यार्चागुम्बा जस्ता उच्च दरको उत्पादन र नाफा दिने खेती गर्नतर्फ लाग्नु पर्ने बताउनुभयो ।

