चितवन। बागमती प्रदेशको कृषि तथा पशुपक्षीं मन्त्रालयले प्रदेशभरि आयोजना गरेको सप्ताहव्यापी खोप अभियान अनतर्गत चितवनमा चितवनमा ७१ हजार ४ सय १८ बाख्रालाई पिपिआर विरुद्धको खोप दिइएको छ । भेडाबाख्राको हैजाको रुपमा लिइने पिपिआर रोगले नेपालमा बर्षेनी धेरै संख्यामा भेडाबाख्राको मृत्यु भई किसानले ठुलो क्षति व्योहोरेका कारण खोप अभियान सञ्चालन गरिएको थियो ।
बागमती प्रदेशको कृषि तथा पशुपक्षीं मन्त्रालयले प्रदेशभरि ८ लाख ३० हजार भेडाबाख्रामा पिपिआर विरुद्धको खोप दिइएको जनाएको छ । मन्त्रालयले माघ २५ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन गरेको सप्ताहव्यापी खोप अभियानमा ८ लाख २१ हजार ४ सय ८९ वटा बाख्रा र ८ हजार ६ सय ९८ वटा भेडालाई खोप दिइएको हो ।
मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारीका अनुसार काभ्रेमा ९९ हजार १ सय ८३, ललितपुरमा २७ हजार ५ सय ८७, काठमाण्डौमा ३१ हजार ५ सय ५७, भक्तपुरमा ६ हजार १ सय ८१, दोलखामा ९४ हजार ९ सय ९८, सिन्धुपाल्चोकमा १६ हजार ९ सय ५२ वटा भेडाबाख्रालाई खोप दिइएको छ ।
यसैगरी, सिन्धुलीमा ४५ हजार ८ सय २५, रामेछापमा ४४ हजार ६ सय १०, मकवानपुरमा १ लाख ६६ हजार ४ सय २३ , चितवनमा ७१ हजार ४ सय १८, नुवाकोटमा १ लाख २० हजार १९, रसुवामा २३ हजार १ सय ६५ र धादिङमा ८३ हजार २ सय ७० भेडाबाख्रामा पिपिआर विरुद्धको खोप दिइएको उहाँले जानकारी दिनुभयो ।

