काठमाडौं । हरिया सागपातहरूमा रायोको प्रथम स्थान आउँछ । सबभन्दा प्रचलित तरकारीहरुमा यसको दोश्रो स्थान आउँछ । यसमा भिटामिनहरू ए. बी. सी. ई. का साथै फलाम, क्याल्सियम र प्रोटिन प्रशस्त मात्रामा पाइने हुँदा पौष्टिक दृष्टिकोणले महत्वपूर्ण छ । यसको खेती तराईदेखि उच्च पहाडसम्म गर्न सकिन्छ ।
हावापानी
माटो
यसको खेती धेरै किसिमको माटोमा गर्न सकिन्छ तापनि धेरै समयसम्म पानी अड्याई राख्ने, प्रांगारिक पदार्थ प्रशस्त भएको दुमट माटो राम्रो हुन्छ ।
जग्गा तयारी
दुई-तीन पटक राम्ररी खनजोत गरी सिंचाई गर्दा एकनाससँग पानी पढ्ने र वर्षामा पानी नजम्ने गरी जग्गा सम्याउनुपर्छ ।
मलखाद
चालिसदेखि पचास डोको रामरी कुहिएको गोबर मल अथवा कम्पोष्ट मल, ४ किलो नाइट्रोजन २ किलो पोटाम र २ किलो फोस्फोरस प्रतिरोपनीको दरले जम्मा तयारी गर्दा माटोमा एकनाससँग और मिलाउनुपर्छ । नाइट्रोजनयुक्त मलको बढि आवश्यक पर्ने भएकोले प्रतिरोपनी तीन किलो युरियालाई ३ बराबर भागमा बोडेर पहिलो भाग बेर्ना सारेको एक महिनामा दोश्रो भाग डेढदेखि दुई महिनामा र तेत्रो भाग दुईदेखि अढाई महिनामा टपड्रेस गर्नुपर्छ ।
लगाउने समय र तरिका
| ईलाका | बीउ छर्ने समय | बेर्ना सार्ने समय | बाली लिने समय |
| उच्च पहाड़ | फागुन-वैशाख | चैंत्र-जेष्ठ | जेष्ठ-भाद्र |
| मध्य पहाड | भाद्र-मंसिर | असोज-पुस | कार्तिक-फागुन |
| तराई | असोज-पुस | कार्तिक-माघ | कार्तिक-फागुन |
बीउ सोझैं खेतबारीमा छरेर पनि खेतीगर्न सकिन्छ । तर बीउलाई पहिले नर्सरीमा छरेर बेर्ना उत्पादन गरी अन्यत्र सार्ने विधि राम्रो र उपयुक्त हुन्छ ।
बेर्ना उत्पादन विधि
३/४ पटक राम्ररी खनजोत गरी डल्ला फोर्ने र माटो नरम बनाउनुपर्छ । दुई-तीन मिटर लामो, एक मिटर चौडा २०-२५ से.मि. सतहदेखि उठेको डयाङ् बनाउनुपर्छ । त्यसरी तयार गरेको डयाङ्मा राम्ररी कुहिएको गोबर मल मिसाई सतह मिलाउनुपर्छ । ५-७ से.मि. को फरक पारी १-२ से.मि. गहिरो हुने गरी बीउ रोप्नुपर्छ । बालुवा अथ्वा धूलो माटोले बीउ पुरेर परालको छाम्रो हाल्नुपर्छ । माटो चिसो राख्नलाई समय-समयमा सिंचाई गर्दै जाने र बीउ उम्रेपछि परालको छाप्रो हटाइदिनुपर्छ । करिब एक महिना उमेर पुगेका बेर्नाहरू सार्न योग्य हुन्छन् ।
बीउ दर
३० ग्राम प्रतिरोपनी
सार्ने दुरी
हारको फरक ३० से.मि.
बोटको फरक १०-१५ से.मि.
सिचाई र गोडमेल
बेर्नासारे देखि नसरुन्जेलसम्म हल्का सिचाई गर्ने र सरिसकेपछि आवश्यकता अनुसार सिंचाई गर्नुपर्छ । झारपात पलाएको देखनासाथ उखेल्नुपर्छ र कुटोले हल्का गोडमेल गर्नुपर्छ ।
बाली लिने समय
बेर्ना सारेको २०-२५ दिनपछि पात टिपेर साग खान हुन्छ । पात टिप्दा बोटलाई चोट कम पर्ने गरी जरा नखल्बलिनेगरी हल्कासँग हँसिया अथवा चक्कुले पाठ काट्नु राम्रो हुन्छ । बोट बढ्दै गएपछि टिप्दै जानुपर्छ ।
उत्पादन
१५००-२००० किलो हरियो पात प्रति रोपनी उत्पादन हुन्छ ।
बाली संरक्षण
यसलाई लाग्ने भाइरस रोग अति हानिकारक हुन्छ । त्यसैले रोग लागेका बोटहरू उखेलेर हटाइदिनुपर्छ । यसलाई सेतो ढुसी रोग पनि लाग्न सक्छ । यसलाई रोकथाम गर्न बारी सफा राख्नुपर्छ । रोग लागेका र पुराना पातहरू हटाइदिनुपर्छ । त्यस्तै निलोतुथो र चुनको मिश्रणको झोल बनाई छर्नुपर्छ । यसलाई लाने कीराहरूमा साही र झुसिल्कीरा मुख्य हुन् ।
रायोका जातहरु
१ खुमल चौंडा पात
२ मार्फा चौंडा पात
३ खुमल रातो पात
स्रोत:- तरकारीबाली विकास केन्द्र खुमलटार, ललितपुर

