काठमाडौं। तानसेन नगरपालिकाका किसानले सहुलियतपूर्ण कृषि ऋण पाउने भएका छन् । ग्लोबल आइएमइ बैंकले तानसेन नगरपालिकाका दुई संस्थामार्फत कृषिमा सहुलियतपूर्ण ऋण दिने भएको हो ।
तानसेन नगरपालिकाको अगुवाईमा हेफर इन्टरनेशनल नेपाल र ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जा सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो।
नगरपालिकाको विभिन्न ठाउँका बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने किसानले सहुलियतपूर्ण कृषि ऋण पाउने भएका हुन् । यसको ५ प्रतिशत ब्याज अनुदान सरकारले तिर्ने छ।

