काठमाडौँ । दूग्ध विकास संस्थान (डीडीसी) ले दूध तथा दूग्धपदार्थका दुईओटा नयाँ ‘आइटम’ बजारमा ल्याउने निर्णय गरेको छ । शुद्ध दूधयुक्त ‘होल मिल्क पाउडर’ र फोर्टी फाइभ मिल्क विथ भिटामिन ‘डी’ र क्याल्सियमयुक्त दूध पाउडर बजारमा ल्याउने भएको छ ।
हाल डिडिसीले स्ट्यान्डर्ड दूध, काउ मिल्क, होल मिल्क, टी मिल्कजस्ता दूध पाउडर जस्ता उत्पादन बजारमा बिक्री गरिरहेको छ । ‘फोर्टी फाइभ मिल्क’ बजारमा आएसँगै डीडीसीको पाँचौँ आइटम बजारमा आउने छन् ।
इनडोर काम गर्ने, घाममा लामो समय काम गर्ने वा जसमा भिटामीन ‘डी’ र क्याल्सियमको कमी हुने व्यक्तिलाई उपयुक्त हुने डीडीसीले जनाएको छ । चिनीरहित भएकाले सुगरका बिरामीले समेत होल मिल्क पाउडर सेवन गर्न मिल्नेछ ।

